टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, ३ माघ २०७४ । टिपरको ठक्करबाट आज दिउँसो झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडकखण्डमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

को १ ख ५२२३ नं टिपरले मे ९ प २२९१ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–६ बस्ने १८ वर्षीय सौरभ ताजपुरिया गम्भीर घाइते भएपछि स्थानीय लाइफलाइन अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दर्घटनालगत्तै टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख दीपक गिरीले बताउनुभयो ।

 

  • 72Read This News:
  • 440678Total reads:
  • 252568Total visitors: