बारामा अवैध चिरान काठ बरामद

बारा, ५ पुस २०७४ । बाराको महेन्द्रनगरबाट ठूलो परिमाणमा सालको अवैध चिरान काठ बरामद गरिएको छ ।

हलखोरिया साझेदारी वन व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय, सिमरा तथा सशस्त्र प्रहरी बल, पिलुवाको संयुक्त टोलीले मंगलबार सालको चिरान काठ बरामद गरेको हो ।

महेन्द्रनगरको एक घरबाट रु ३ लाख बराबरको अवैध सालको चिरान काठ बरामद गरेको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र सिंहले जनाउनुभयो ।

काठ नियन्त्रणमा लिइएको र काठ लुकाइ राख्ने व्यक्ति फरार रहेकाले खोजी हुनुका साथै थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सिमराका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो ।

 

  • 47Read This News:
  • 417424Total reads:
  • 230180Total visitors: