मेगा बैँकमा टुरिजम डेभलपमेन्ट बैँक गाभिने, टुरिजमको एक कित्ता शेयर वरावर मेगाको ०.९५ का दरले शेयर पाउने

काठमाडौँ, ५ पुस २०७४ । मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ ।

मंगलवार आयोजित मेगा बैँकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो ।

सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गर्नुभएको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । मेगा बैैँकको प्रतिशेयर मुल्य रु १०० बराबर टुरिजम बैँकको प्रतिशेयर मुल्य ९५ कायम गरिएको छ । यस्तै टुरिजमको एक कित्ता शेयर हुने शेयरधनीले शुन्य दशमलव ९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् ।

टुरिजम बैँकसँगको मर्जर प्रक्रियापछि मेगा बैँक नेपालको सबैभन्दा बढी पुँजी भएको बैँकहरुमध्येमा पर्ने अध्यक्ष शाहले बताउनुभयो । टुरिजम बैँकले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेको थियो ।

 

  • 36Read This News:
  • 417342Total reads:
  • 230099Total visitors: