कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत

कास्की, २९ मंसिर २०७४ । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ ।

कूल १८ राजनीतिक दल र ३ स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाउनुभएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ९ निर्वाचन क्षेत्र रहेको जिल्लामा राप्रपा, राप्रपा (प्र), नयाँशक्ति, विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चालगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले खसेको सदर मतको १० प्रतिशत ल्याउन नसकेकाले जमानत जफत भएको हो ।

वाम गठबन्धनबाट नेकपा (एमाले)ले प्रतिनिधिसभाका तीन, प्रदेशसभाका तीन र माओवादी केन्द्रले प्रदेशसभामा तीन तथा लोकतान्त्रिक मोर्चाबाट नेपाली काँग्रेसका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा उम्मेदवारी दिएका थिए ।

प्रदेशसभा क्षेत्र नं २ (ख)मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भए भने अन्य सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जितेका थिए । जिल्लाको कूल २ लाख ५५ हजार ४५२ हजार मतदाता रहेकोमा निर्वाचनमा १ लाख ८० हजार ५७३ मत खसेकोमा १ लाख ७३ हजार ३१२ मत सदर भएको थियो ।

 

  • 42Read This News:
  • 453399Total reads:
  • 264567Total visitors: