कास्की निर्वाचन क्षेत्र नं १ को (क) मा कोइराला (ख) मा गुरुङ

कास्की, २४ मंसिर २०७४ । कास्की क्षेत्र नं १ प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार (माओवादी केन्द्र)का नेता दीपक कोइराला १८ हजार ७२७ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन परियारले १५ हजार ८१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उक्त क्षेत्रको प्रदेशसभा (ख) मा वाम गठबन्धनकै उम्मेदवार एमाले नेता मनबहादुर गुरुङ १७ हजार २४९ मतसहित विजयी बन्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार कृष्णबहादुर केसीले १३ हजार १०२ मत प्राप्त गर्नुभयो ।

 

  • 44Read This News:
  • 452976Total reads:
  • 264204Total visitors: