मोरङ– २ मा काँग्रेसका डा. मिलेन्द्र रिजाल विजयी

विराटनगर, २३ मंसिर २०७४ । मोरङ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजाल विजयी हुनुभएको छ ।

रिजालले ३५ हजार ८१९ मत प्राप्त गर्नुभएकोछ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ ।

यसैगरी संघीय समाजवादी फोरम नेपालका युवराज कार्कीले २ हजार ५ सय ९५, राष्ट्रिय जनता पार्टी नेपालका महेन्द्र लाल दास केवरतले २ हजार ८३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका थिर बहादुर लिम्बुले २ सय ९३, नेपाल जनता पार्टीका रघु हास्दा सतारले २ सय ८० मत प्राप्त गर्नुभएकोछ । सो क्षेत्रमा कूल ८० हजार २४९ मत खसेको थियो ।

 

  • 57Read This News:
  • 452776Total reads:
  • 264014Total visitors: