मोरंग, २३ मंसिर २०७४ । मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ ।
मोदीले ३३ हजार ५२९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गर्नुभयो ।
अहिलेसम्म मोरङको चारवटा निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ । ४ वटैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अब, २ वटा क्षेत्रको घोषणा हुन बाँकी छ ।
यसैगरी, मोरङ क्षेत्र नं २ मा नेपाली काँग्रेसका डा. मीनेन्द्र रिजालले २७ हजार ८६४ मत प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का ऋषिकेश पोखरेलले २६ हजार २४० मत प्राप्त गर्नुभएको छ ।
यस्तै, मोरङ क्षेत्र नं– ५मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार मण्डलले १८ हजार ९८४ मत प्राप्त गरी अग्रता लिनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृत अर्यालले १६ हजार १७५ मत प्राप्त गर्नुभएको छ ।


