कास्कीमा १०२ वर्षीय वृद्धबाट मतदान, मतदान शान्तिपूर्ण

कास्की, २१ मंसिर २०७४ । कास्कीको मादी गाउँपालिका–८ धु्रव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०२ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गर्नुभएको छ ।

त्यस्तै पोखरा–१७ महतगौडाको जानकी आधारभूत विद्यालयबाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गर्नुभएको छ ।

कास्कीका ३१७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भइरहेको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

 

  • 51Read This News:
  • 452195Total reads:
  • 263451Total visitors: