थाइल्याण्ड, २० मङ्सिर २०७४ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा परेको भारी बर्षापछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको यहाँको विपद् रोकथाम तथा नियन्त्रण विभागले मङ्गलबार जनाएको छ ।
वाढीका कारण करिब ९ लाख मानिस अत्यन्त प्रभावित भएको विभागले जनाएको छ । विभागका महानिर्देशक चायापोल थितिसकले भन्नुभयो, थाइल्याण्डमा नोभेम्बर २५ देखि डिसेम्बर ४ सम्म परेको बर्षाका कारण मुलुकका ९६ लाख १२६ जना प्रभावित भएका छन् भने बाढीमा डुबेर १५ जनाको मृत्यु भएको छ ।
बाढीका कारण नौ प्रान्तका अझै ४ हजार ५९० गाउँहरू डुवानमा रहेका छन् भने बाढीबाट अधिकांश गाउँहरू राज्यको सेवा तथा सम्पर्कबाट विच्छेद भएका थितिसकले बताउनुभयो । सोमबारदेखि बर्षा केही कम भएको बताइएको छ ।


