टिलर्सनलाई हटाउने सम्वन्धी भ्रामक समाचार नपत्याउन ट्रम्पको आग्रह

अमेरिका, १७ मङसिर २०७४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई हटाउन लागेको भन्ने समाचारको खण्डन गर्नुभएको छ ।

“ह्वाइट हाउसले टिलर्सनलाई हटाउन लागेको वा टिलर्सनले विदेश मन्त्रालयको जिम्मेवारी छोड्न लागेको भन्दै सञ्चार माध्यममा आएका समाचार झुटो र भ्रामक हो,” ट्रम्पले ट्विटरमा लेख्नु भएको छ ।

“उहाँले हामीलाई छोड्न लाग्नु भएको होइन, उहाँसँग हामी सँगै काम गर्ने छौं,” उहाँले थप स्पष्ट पार्नुभयो ।

बिहीबार धेरै अमेरिकी सञ्चार माध्यमहरुमा ट्रम्प र टिलर्सनको सम्वन्ध नराम्रो भएको दाबीसहितका समाचारहरु प्रकाशित तथा प्रसारित भएका थिए ।

यस विषयमा पनि ट्रम्पले स्पष्ट पार्दै भन्नु भएको छ, “हामी दुइका बीचमा त्यस्तो कुनै नराम्रो सम्वन्ध छैन ।”

विदेश मन्त्री टिलर्सनले पनि शुक्रबार ती समाचारलाई हास्यास्प्रद समाचार भन्दै गलत भएको स्पष्ट पार्नुभएको थियो ।

टिलर्सन अर्को हप्ता युरोप भ्रमण सुरु गर्ने तयारीमा हुनुहुन्छ । त्यस क्रममा उहाँले ब्रसेल्स, भियना र फ्रान्समा नेटोका नेताहरुलाई भेट्नुहुने कार्यक्रम रहेको छ ।

 

  • 53Read This News:
  • 480965Total reads:
  • 288413Total visitors: