भारत, ५ मङसिर २०७४ । विगत ९ बर्षदेखि कोमामा रहनु भएका भारतका पुर्व सूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ ।
सन् २००८ देखि कोमामा रहनु भएका दस्मुन्सीको ७२ बर्षको उमेरमा नयाँदिल्ली स्थित उपचार भइरहेको अस्पतालमै निधन भएको हो ।
भारतको पश्चिम बंगाल राज्यमा प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको सवै भन्दा उच्च नेताका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो ।
काँग्रेस नेतृत्वको एकिकृत प्रगतिशिल गठबन्धनको सरकारमा मन्त्री भएकै बेला अकस्मात बेहोस भै ढलेपछि उहाँलाई पक्षघात भएको थियो ।
भारतका राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेसकी प्रमुख सोनीया गान्धीले उहाँलाई समवेदना व्यक्त गर्नुभएको छ ।
“पुर्व मन्त्री र बरिष्ठ राजनीतिक नेता प्रिय रन्जन दास्मुन्सीको निधनको खवर सुन्दा धेरै दुःख लागेको छ,” कोविन्दले ट्वीट गर्नु भएको थियो ।
त्यसैगरी प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै लेख्नुभएको छ, “प्रिय रन्जन दास्मुन्सी लोकप्रिय र अनुभवी राजनीतिक नेता हुुनुहुन्थ्यो, फुटबललाई लोकप्रिय बनाउन उहाँले उल्लेख्य काम गर्नुभएको थियो ।”
पार्टी अध्यक्ष गान्धीले उहाँको दुखद् निधनबाट पार्टी र देशलाई नै ठुलो क्षती पुगेको बताउनु भएको छ ।


