‘पर्वते ठिटो’ लोकदोहोरी बजारमा

काठमाडौँ, ३० कात्तिक २०७४ । लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘पर्वते ठिटो’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याउनुभएको छ ।

सुजन बराइलीको लय, शब्द तथा स्वर रहेको सो गीतमा गायिका पूर्णकला बिसीले साथ दिनुभएको छ । यात्रा र माया प्रेमलाई समावेश गरिएको सो गीतलाई हालै बजारमा ल्याइएको हो ।

बराइलीद्वारा स्वरबद्ध ‘बोलाई पासो भो’, ‘अन्त नजर लाउन छोड्नेछु’, ‘रमाइलो गर्ने यही बोली हाँसो हो’, ‘तिम्ले मेरो कुभलो चाहे नि’, ‘म्याग्देली ठिटो मायामा भुलियो’ र ‘सम्झना जन्मभूमि’ लगायत करिब एक दर्जन गीत एल्वम बजारमा उपलब्ध छन् ।

 

  • 46Read This News:
  • 338441Total reads:
  • 165779Total visitors: