कास्कीमा ९६ हजार ९१२ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो

कास्की, १७ कात्तिक २०७४ । कास्कीका ९६ हजार ९१२ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत नानीबाबु ढकालका अनुसार ६ महिनादेखि ५ वर्ष उमेर समूहका ५१ हजार ४८२ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ ।

त्यस्तै १ वर्षदेखि पाँच वर्षसम्मका ४५ हजार ४३० जना बालबालिकालाई जुकाको औषधि खुवाइएको उहाँले बताउनुभयो ।

कात्तिक २ र ३ गते ती दुवै औषधि खुवाउने कार्यक्रम भए पनि उक्त मितिमा तिहार पर्व परेकाले हिजो र आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । हिजो औषधि खुवाउन छुटेकालाई आज खुवाइँदैछ ।

पोखरा लेखनाथ महानगरपालिका र ५ वटा गाउँपालिकाका सबै वडाका टोलमा औषधि खुवाउनका लागि १ हजार ६९ महिला स्वयंसेविका र ३०० स्वास्थ्यकर्मी समेत परिचालन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बालबालिकाको आँखामा लाग्ने रक्तअल्पता रोग लाग्न नदिन भिटामिन ‘ए’ र बालमृत्यु दर घटाउन जुकाको औषधि खुवाउने गरिन्छ । सरकारले हरेक वर्षको ६/६ महिना वैशाख ६ र ७ र कात्तिकको २ र ३ गते बालबालिकालाई सो औषधि खुवाउँदै आउने गरेकोछ ।

 

  • 34Read This News:
  • 459618Total reads:
  • 269124Total visitors: