चीनमा प्रतिलिपी अधिकार उलंघन गर्ने १ हजार ६ सय ५५ वेभसाइट बन्द

चीन, १७ कात्तिक २०७४ । चीनमा प्रतिलिपी अधिकार उलंघन गरेका १ हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् ।

प्रतिलिपी अधिकार प्रशासकहरुले २ लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् ।

प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै बर्षको जुलाईमा सुरु गरेका हुन् ।

चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपी अधिकार उलंघन गर्नेहरु विरुद्धको कारबाही अभियान चलाएका छन् ।

 

  • 29Read This News:
  • 459648Total reads:
  • 269153Total visitors: