पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री बन्ने इच्छा

लमजुङ, ७ कात्तिक २०७४ । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नं ४ को मुख्यमन्त्री बन्ने जिकिर गर्नुभएको छ ।

सदरमुकाम बेंसीशहरमा सोमवार आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता राखेर प्रदेशसभा निर्वाचनमा आफू क्षेत्र ‘ख’बाट चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

कार्यक्रममा लमजुङबाट प्रतिनिधिसभा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य देवप्रसाद गुरुङले आफू लमजुङमै हुर्किएको भन्दै पराइ नठान्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) लमजुङका अध्यक्ष तथा प्रदेशसभा कका उम्मेदवार धनञ्जय दवाडीले जिल्लाको विकास निर्माणको अभिभारा एमालेले लिएको छ भन्नुभयो ।

नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले लोकतन्त्रको रक्षाका लागि अहिलेको निर्वाचन काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ ।
लोकतान्त्रिक पक्षधर उम्मेदवारले बेंसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नागरिकले चाहेको स्वतन्त्रता, समानता, देशको अखण्डता र सम्पन्नताका लागि काँग्रेस जिम्मेवार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा कका उम्मेदवार गर्जबहादुर गुरुङले सम्भावना भएर पनि विकास हुन नसकेको जिल्लामा आफू निर्वाचति भएपछि समग्र विकासले छलाङ मार्ने जिकिर गर्नुभयो ।

 

  • 37Read This News:
  • 438899Total reads:
  • 250836Total visitors: