जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा बीस लाख राजश्व संकलन

रौतहट, ६ कात्तिक २०७४ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको तीन महिनामा नियम विपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरी रु २० लाख राजश्व संकलन गरेको छ ।

३ हजार ४०४ सवारीचालकलाई कारबाही गरेर सो रकम असुल गरिएको हो । गत साउन महिनामा एक हजार २३५ सवारीचालकलाई कारबाही गरी रु ७ लाख ८३ हजार, भदौमा ६०५ सवारीचालकलाई कारबाही गरी रु ४ लाख १४ हजार तथा असोजमा १ हजार २६४ सवारीचालकलाई कारबाही गरी रु ८ लाख १२ हजार राजश्व संकलन भएको प्रहरी निरीक्षक राममणि उप्रेतीले जानकारी दिनुभयो ।

३ महिनाको अवधिमा जिल्लामा १३ वटा सवारी दुुर्घटनामा परेर ५ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

 

  • 24Read This News:
  • 438977Total reads:
  • 250912Total visitors: