शान्ति सम्झौताका लागि जेरुसेलममा ३० हजार महिलाको प्रदर्शन

इजरायल, २४ असोज २०७४ । प्यालेस्टाईन र इजरायलका दशौं हजार महिलाले दुई देशकाबीचमा शान्ति सम्झौताको माग गर्दै आइतबार जेरुसेलममा सडक प्रदर्शन गरेका छन् ।

जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै ३० हजार महिला सहभागी भएको आयोजकले जनाएका छन् ।

‘वमेन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत २ हप्ता देखि भइरहेको उनीहरूको आन्दोलनको पछिल्लो कार्यक्रम हो ।

उनीहरूले गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक कार्यक्रमहरू गर्दै आइरहेका छन् ।

दक्षिणी सहर स्डेरोटबाट सुरु भएको सो विशाल ¥यालीले विभिन्न ठाँउहरू पार गर्दै वेस्टव्याङ सम्म ढाकेको थियो ।

अल एक्सा मस्कोमा गत जुलाईमा एउटा आक्रमणमा परी छोरा गुमाएका अरबका पुर्व सांसद सकिब सानानले शान्ति सम्झौताको नजिक पुगिएको बताउनु भएको छ ।

वेमेन वेज पिस गत ३ बर्ष अगाडी स्थापना भएको हो । यस्ले इजरायल र प्यालेस्टाइनबीचको रक्तपातपूर्ण द्वन्द्व अन्त्यका लागि दुई देशकाबीचमा शान्ति सम्झौता गर्न माग गर्दै आइरहेको छ ।

यसमा झण्डै २४ हजार जना सदस्य रहेका छन् । उनीहरूले शान्ति सम्झौता नभएसम्म आफ्नो अभियानलाई नरोक्ने दावी गरेका छन् ।

 

  • 53Read This News:
  • 417373Total reads:
  • 230129Total visitors: