
काठमाडौं, २३ असोज २०७४ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा शुभ दीपावलीको अवसर पारी ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ । ११औँ तिहार लक्षित प्रदर्शनी यँही असोज २६ गते देखि ३० गते असोजसम्म सञ्चालन हुदैछ ।
व्यवसायीहरूले उत्पादन गरेका फूलहरूलाई आमजनमानसलाई देखाउन र गुणस्तरीय फूलको व्यापार गर्नका लागि यो प्रदर्शनी गर्न लागेका फ्लोरिकल्चर एसोसिएसन नेपालको वर्तमान उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिनु भएको छ ।
प्रतियोगितात्मक प्रदर्शनी भएकोले ४ जातका गोदावरी फूल राखेर प्रतिष्पर्धा गराउनका लागि एउटा छुट्टै स्टल रखिने छ । फूल व्यवसायीहरूमा जसले मिहिनेत गरेर राम्रो उत्पादन गरेका छन, उनीहरूलाई अझैँ प्रोत्साहित गर्न पुरस्कार पनि दिइनेछ” । नेपालको लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकियोस तथा नेपाली फूलको बजार व्यापक विस्तार गर्न सकियोस भन्ने यस मेलाको उद्देश्य रहका आयोजक ले जनाएको छ ।
प्रदर्शनीमा ४९ ओटा स्टल रहने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएकोछ छ ।
-हरि नेपाल