सिरियाको अलेप्पो नगरको वर्तमान अवस्थाबारे अमेरिकी गृहमन्त्री र रुसी परराष्ट्रमन्त्रीबीच वार्ता

रसिया, ९ कार्तिक २०७३ । अमेरिकी विदेशमन्त्री जोन केरी र उहाँका रुसी समकक्षी सर्गेइ लाभरोभबीच सिरियाको उत्तरी नगर अलेप्पोको वर्तमान अवस्थाबारे सोमबार राति गम्भीर टेलिफोन वार्ता भएको रुसी परराष्ट्रमन्त्रालयले जनाएको छ ।

वार्ताको क्रममा रुसी विदेशमन्त्री लाभरोभले अवैधानिक हतियारधारी सशस्त्र बिद्रोहीहरुले युद्धग्रस्त अलेप्पोको पूर्वी क्षेत्रबाट सुरक्षित स्थान तर्फ जान चाहने सर्वसाधारण नागरिकहरु उपर जथाभावी हिंसात्मक आक्रमण गरिरहेको बताउनु भएको छ ।

“सिरियाली सरकारले अघि सारेको अल्प युद्ध विरामलाई उनीहरुले मान्नु पर्ने हो, तर न्यूनतम मानवीयता नराखी निहत्था नागरिकउपर प्रहार भै रहेको छ । आफूसमर्थित सिरियाका “मध्यमार्गी” विपक्षीहरुलाई आतङ्कवादी समूहहरुबाट अलग पारिदिन पहिला नै अमेरिकाले प्रकट गरेको वचनवद्धता पूरा गर्न” पनि रुसी विदेशमन्त्रीले केरीलाई फेरी एकपटक आग्रह गर्नु भयो ।

अलेप्पोको स्थिति सामान्य र स्थिर राख्न आआफ्नो पक्षबाट प्रयास गर्न यी दुबै उच्चस्तरीय नेता सहमत भएको जनाइएको छ । यस अतिरिक्त, दुइ राष्ट्रबीच कायम रहेको दौत्य सम्बन्ध, इराकको वर्तमान अवस्थालगायत अन्य अन्तर्राष्ट्रिय मामिलाबारे पनि यी दुई नेताबीच छलफल भएको छ ।

 

  • 66Read This News:
  • 458556Total reads:
  • 268127Total visitors: