८८ वर्षिय उरुग्वेका पूर्वराष्ट्रपति जर्ज ब्याटलको निधन

उरुग्वे, ९ कार्तिक २०७३। सन् २००० देखि २००५ सम्म मुलुक हाँकेका उरुग्वेका पूर्वराष्ट्रपति जर्ज ब्याटल अचानक लडेर आफ्नो राजनीतिक दलः कोलोर्याडो पार्टीमा आयोजित एक जमघट कार्यक्रममा लडेर मस्तिष्कमा अधिक रक्तश्राव भाएको उहाँको अस्पतालमा शल्यकृया गर्दा ८८ वर्षको उमेरमा मृत्यु भएको छ ।

पूर्वराष्ट्रपति ब्याटल बाह्यपक्षलाई बढी ध्यान दिने “बहिर्मुखी” र “मनमोजी” प्रबृत्तिको व्यक्ति भनी परिचित हुनुहुन्थ्यो । उहाँबाट पटक पटक राजनीतिक त्रुटिहरु हुने गरेकाले बारम्बार विवादमा तानिनु भए ता पनि मृत्यु हुनुअघिसम्म राजनीतिक जीवनमा सक्रिय नै रहनु भएको थियो ।

उहाँले सन् २००० देखि २००५ सम्म मुलुकको राष्ट्रपतिको पदभार सम्हाल्नु भएको थियो । उहाँले आफ्नो कार्यकालभरी मुलुकलाई “सुखदायी र आनन्दित” बनाउने दावी गर्नु भए ता पनि त्यसै बखत राष्ट्र कडा आर्थिक मन्दीको चपेटामा परेको थियो ।

 

  • 101Read This News:
  • 480387Total reads:
  • 287862Total visitors: