कुखुरा फार्मबाट मनग्य आम्दानी गर्दै काठुराम

कञ्चनपुर, ६ असोज २०७४ । बैंकबाट कर्जा लिई कुखुरा फार्म सञ्चालन गरेका कृष्णपुर नगरपालिका–६ सिंहपुरका काठुराम रानाले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

फार्ममा रानाले ब्वायलर कुखुरापालन गर्दै आउनुभएको छ । रु ४ लाख ५० हजार बैंकबाट कर्जा लिई उहाँले कुखुरापालन गर्दै आउनुभएको छ । रानाले डेढ वर्षको अवधिमै रु ७ लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुभएको छ ।

उहाँले दाना र औषधि खर्च कटाएर एक पटकमा रु १ लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । “कुखुरा फार्मको व्यवस्थापन गर्न सके आम्दानी चाहे जस्तै लिन सकिन्छ”, उहाँले भन्नुभयो । बैंकबाट लिएको कर्जा पहिलो वर्षमै चुक्ता गरी आम्दानीको बाँकी रकम परिचालन गरी कुखुरापालन गर्दैआएको रानाले बताउनुभयो । स्थानीय बजारमै कुखुराको अधिक माग भएकाले फार्मबाटै कुखुरा बिक्री हुन्छ । “कुखुरा बिक्री गर्न बजार चाहार्दै हिँड्नु परेको छैन,” उहाँले भन्नुभयो ।

 

  • 41Read This News:
  • 417657Total reads:
  • 230412Total visitors: