आपूर्ति राज्यमन्त्रीद्वारा बजार अनुगमन

कञ्चनपुर, ६ असोज २०७४ । आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गर्नुभएको छ ।

उहाँले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गर्नुभयो ।

बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँस्थित टपसप फेन्सी पसलले महँगोमा सामान बिक्री गर्नाका साथै खरिद बिल देखाउन आग्रह गर्दा नभेटृाएपछि आज विहान १० बजेसम्म आवश्यक कागजात देखाउन आग्रह गर्नुभएको छ ।

त्यसैगरी, मासु पसल अनुगमन गर्दै उहाँले सरसफाइमा ध्यान दिन सुझाउँदै व्यवसायको बारेमा व्यापारीसित कुराकानीसमेत गर्नुभएको थियो ।

मन्त्री नै बजार अनुगमनमा निस्केको खबर पाएपछि तरकारी बजारका मासु पसलेहरु भने सहज हुँदै मन्त्री पुग्नुअघि नै सरसफाइमा व्यस्त देखिन्थे ।

 

  • 37Read This News:
  • 417657Total reads:
  • 230412Total visitors: