धनुषा, ५ असोज २०७४ । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले २ हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।
उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले ३ हजार ५१ मत प्राप्त गरी विजयी हुनुभयो ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार शेखका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विपिनदेव यादवले २ हजार १८० मत र कार्कीका निकटम प्रतिद्वन्दद्वी रिंकी यादवले १ हजार ९६५ मत प्राप्त गर्नुभएको थियो ।
जनकपुर उपमहानगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवकुमार साह २५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका श्याम झाले २४० मत प्राप्त गर्नुभएको थियो ।


