पर्यटकीय स्थलको चिनारी समेटिएको पुस्तक ‘सल्यान पर्यटन’ विमोचित

सल्यान, १ असोज २०७४ । विभिन्न पर्यटकीय स्थलको चिनारी समेटिएको ‘सल्यान पर्यटन’ पुस्तक शनिबार विमोचन गरिएको छ ।

व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले कृति विमोचन गर्दै पर्यटनका लागि पर्यटकीय स्थलका बारेमा स्थानीयवासीलाई जानकारी हुनुपर्ने बताउनुभयो । पुस्तकमा धार्मिकस्थल, ताल, तथा रमणीयस्थलका बरेमा सचित्र जानकारी दिइएको छ ।

पुस्तकलाई विद्यालयमा पाठ्यपुस्तकका रुपमा प्रयोग गर्न जिल्ला शिक्षा कार्यालयलाई हस्तान्तरण गरिएको छ । जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले पुस्तकलाई सल्यान जिल्लाका सबै विद्यालयमा पाठ्य सामाग्रीका रुपमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

  • 51Read This News:
  • 439208Total reads:
  • 251139Total visitors: