भ्रष्टाचार मुद्दाका अभियुक्त २९ वर्षीय शिव गिरी पक्राउ

सिन्धुपाल्चोक, १२ भाद्र २०७४। भ्रष्टाचार मुद्दामा ६ वर्षअघिदेखि फरार एक अभियुक्तलाई आइतबार प्रहरीले पक्राउ गरी आज जिल्ला अदालत चौतारामा बुझाएको छ ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ कुन्चोक बस्ने २९ वर्षीय शिव गिरीलाई इप्रका मेलम्चीबाट खटिएको टोलीले ज्यामिरे जाने सडकबाट पक्राउ गरेको हो ।

विसं २०६८ साउन २६ गतेको विशेष अदालतको फैसलाले गिरीलाई ३ महिना २४ दिन कैद सुनाएको थियो ।

साजय भुक्तान नगरी फरार रहेका विभिन्न मुद्दाका एक दर्जनभन्दा बढी अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत चौतारालाई बुझाइसकिएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

 

  • 29Read This News:
  • 438283Total reads:
  • 250283Total visitors: