जपानमा जारी १०औँ नेपाल फेस्टिबलको समापन

जापान, १२ भाद्र २०७४ । पर्यटन प्रवद्र्धनका लागि जापानमा आयोजित २ दिवसीय १०औँ नेपाल फेस्टिबल आइतबार सम्पन्न भएको छ ।

स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले टोकियोको उएनोपार्कमा आयोजित नेपाल फेस्टिबलको आइतबार साँझ समापन गरिएको हो ।

मौलिक भाषा, नेपाली कला, संस्कृति र स्थानीयस्तरमा उत्पादित घरायसी वस्तु फेस्टिबलमा राखिएको थियो । त्यस्तै नेपाली खानाका परिकार, स्थानीयस्तरमा उत्पादित सामग्री र नेपाली कला सस्ंकृति झल्कने लोकभाकाका गीतमा अवलोकनकर्ता रमाएका थिए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापान र स्थानीय सङ्घसंस्था तथा नेपाली राजदूतावासको संयुक्त आयोजनामा शनिबारदेखि शुरु फेस्टिबलमा २ लाखभन्दा बढीले अवलोकन गरेको र गत वर्षभन्दा २५ प्रतिशत बढी जापानी नागरिकले मेलाको अवलोकन गरेको आयोजक संस्थाले जानएको छ ।

४६ वटा कक्षमा नेपाली कला, संस्कृति,पर्यटकीयस्थलको जानकारी नेपाल चिनाउने पथ प्रदर्शनमूलक पुस्तक, नेपाली खानाका रेस्टुराँ, स्थानीय उत्पादन, नेपाली घर, हतियार समाएका मठ मन्दिरका देवीदेवताका मूर्तिमा आकर्षक थिए ।

 

  • 28Read This News:
  • 438251Total reads:
  • 250251Total visitors: