दूधकोशी यातायात प्रालिले लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि

सोलुखुम्बु, ९ भाद्र २०७४ । सोलुखुम्बु–काठमाडौँ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ ।

दूधकोशी यातायात प्रालिका सदस्य एवं सोलुुखुम्बु काउण्टर इञ्चार्ज दोर्जी शेर्पाका अनुसार कम्पनीले भाद्र र असोज महिनामा सल्लेरी–काठमाडौँ तथा काठमाडौँ–सल्लेरी यात्रा गर्ने हरेक यात्रुबाट लिइएको भाडाको १० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी गराउनु भयो । सेवासँगै सामाजिक सेवा पनि आफूहरुको उद्देश्य भएकाले यस्तो गर्न लागिएको उनले वताए ।

एक वर्षअघि दर्ता भई सञ्चालन भइरहेको दूधकोशी यातायात प्रालिले अहिले २३ वटा सुमो जिपबाट सल्लेरी–काठमाडौँ–सल्लेरी जिप सेवा सञ्चालन गरिरहेको छ । हाल सल्लेरी–काठमाडौँ जिप भाडा एकतर्फी रु १ हजार ३०० रहेकाले प्रत्येक यात्रुले तिरेको रकमबाट १३० रुपैयाँ विपत्तिमा परेकाका लागि सहयोग हुनेछ ।

 

  • 82Read This News:
  • 438313Total reads:
  • 250310Total visitors: