गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय हिरासतमा रहेका नेपाली मुक्त

Photo Source: Gorkha post

झापा, ९ भदौ २०७४ । भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि गए राति मुक्त भएको छ ।

इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर भएका फागोलाई गत साउन २३ गते दिउँसो भारतको सिलगढी नगरस्थित फेमिली क्लिनिकमा आमाको उपचार गराउन गएका बेला भारतीय प्रहरीले पक्राउ गरी दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप लगाएको थियो ।

सिलगढीस्थित भारतीय अदालतबाट तारेखमा रिहा भएर गए राति ९ बजे फागु काँकडभिट्टा आइपुगेको छ । रिहा भएर स्वदेश आइगेका फागोले भारतीय हिरासतमा रहँदा मानसिक यातना व्यहोर्नु परेको र आफू बाँचेर आएको बताए ।

आफूले कुनै गैरकानूनी काम नगरेको उल्लेख गर्दै उहाँले भारत सरकारले अनाहकमा आतंकवादीको जस्तो व्यवहार गरेकोमा दुःख व्यक्त गरेकाछन ।

राष्ट्रिय मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले मानवाधिकारवादी, नेपाली पत्रकार र परिवारजनको पहलमा उनको रिहाइ भएको जनाएकोछ ।

 

  • 31Read This News:
  • 480408Total reads:
  • 287883Total visitors: