रुनीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

बेलायत, ८ भाद्र २०७४ । इङल्याण्डका प्रसिद्ध फुटबल खेलाडी वेन रुनीले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेको छ ।

१४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल जीवनका बेला ३१–बर्षीय रुनी इङल्याण्डका निम्ति कूल ५३ गोल गरी आफ्नो नाममा देशबाट सर्वाधिक गोलकर्ताको किर्तीमान बनाउन सफल भएको छ ।

रुनीले आफूलाई इङल्याण्डका फुटबल व्यवस्थापक ग्यारेथ साउथगेटले यसै साता फोन गरेर राष्ट्रिय टोलीमा पुनः बोलाएको भए पनि सन्यासको निर्णय लिएको बताए । साउथगेटले माल्टा र स्लोभाकियामा अर्को महिना हुने खेलमा रुनीको अनुपस्थिति अपेक्षा गरिएको थिएन ।

“प्रत्येक पटक राष्ट्रिय टोलीमा छनोट हुँदा मेरो निम्ति त्यो गरिमापूर्ण थियो । तर मलाई लाग्छ अब मैले छाड्ने बेला भयो,“ उनले वताए ।

रुनी म्यानचेष्टर युनाइटेड क्लबका पूर्व कप्तान हुन भने हालैमात्र उनले आफ्नो खेल आरम्भ गरेको फुटबल क्लबमा समाहित भएको थियो ।

इङ्ल्याण्डको निम्ति उनले पहिलो पटक सन् २००३ को फेब्रुअरीमा अष्ट्रेलियासँग खेलेको थियो । सन् २००४ को यूरो कपमा उनले खेलेको पहिलो महत्वपूर्ण प्रतियोगिता थियो ।

इङल्याण्डका निम्ति अन्तिम खेल भने कप्तानको रुपमा गत नोभेम्बरमा वेम्बले रंगशालामा स्कटल्याण्ड विरुद्धको खेल रह्यो । उक्त खेलमा इङल्याण्डले ३ गोलकासाथ स्कटल्याण्डलाई जितेको थियो ।

 

  • 45Read This News:
  • 474257Total reads:
  • 282592Total visitors: