शेरवहादुर सरकारका नव नियुक्त १५ राज्यमन्त्रीहरुद्वारा शपथ

काठमाडौँ, ६ भाद्र २०७४। प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका ३ राज्यमन्त्रीलाई शपथ गराउनुभएको हो ।

नवनियुक्त राज्यमन्त्रीहरुमा सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात, सरिता प्रसाईं कृषि विकास शेषनाथ अधिकारी शिक्षा, नरबहादुर चन्द वाणिज्य, अब्दुल रज्जाकदी खानेपानी तथा सरसफाइ, तप्तबहादुर विष्ट सूचना तथा सञ्चार, अमरसिंह पुन सिँचाइ, दिलमान पाख्रिन कानून, न्याय तथा संसदीय मामिला, उदयशम्शेर राणा अर्थ, डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार, तेजुलाल चौधरी युवा तथा खेलकुद, चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण, जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास, सुमित्रा थरूनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, यशोदाकुमारी लामा भूमिसुधार तथा व्यवस्था हुनुहुन्छ ।

नवनियुक्त राज्यमन्त्रीहरुलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले मन्त्रीहरुलाई सहयोग गर्न र सबै मिलेर काम गर्ने वातावरणमा लाग्न निर्देशन दिनुभयो ।

 

  • 47Read This News:
  • 480751Total reads:
  • 288207Total visitors: