भाविकाको छापाकला चित्र प्रदर्शनी सुरु

सिद्वार्थ आर्ट ग्यालरी बबरमहलमा आइतबारदेखि सुरु भएको चित्रकला प्रदर्शनीको अवलोकन गर्दै सर्वसाधारण ।

काठमाडौँ, १६ साउन २०७४। अमेरिकामा अध्ययनरत छापाकलाकी विद्यार्थी भाविका दुगडको छापाकला चित्र प्रर्दशनी सुरु भएको छ ।

सिद्वार्थ आर्ट ग्यालरी, बबरमहलमा नेपालका लागि मेक्सिकोका मानार्थ वाणिज्य दूत नरेश दुगडले आइतवार ‘लेयरिङ द सिटी’ शीर्षकको सो प्रदर्शनीको उद्घाटन गर्नुभयो । उहाँले नेपालमा कमै मात्र प्रयोग गरिने छापा कलाको प्रवद्र्वन गर्न यस्तो प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो ।

अमेरिकामा प्रिन्ट आर्ट (छापाकला) अध्ययनरत भाविकाले चित्रमा नेपालको परिवेशलाई उतार्न खोजेको बताउनुभयो । “पहिलो प्रदर्शनी हो, धेरै कुरा सिक्न बाँकी छ, मैले अमेरिकामा हुँदा घर सम्झँदा गरेका अनुभवलाई चित्रमा समेट्ने प्रयास गरेकी छु”–उहाँले भन्नुभयो ।

यही साउन २६ गतेसम्म हुने प्रदर्शनीमा १९ वटा चित्र राखिएका छन् । रु १५ हजार देखि ३५ हजार मूल्यसम्मका चित्रले नेपालका परिवेश र सँस्कृतिलाई झल्काएका छन् ।

छापा कलाकार कविराज लामाले चीन र जापानमा विशेष गरी छापाकला बनाउने प्रचलन भएपनि नेपालमा पर्याप्त साधनस्रोतको अभावमा अन्य कला जस्तो चर्चामा आउन नसकेको बताउनुभयो ।

lrqsnf cjnf]sg l;åfy{ cf6{ Uofn/L aa/dxndf cfOtaf/b]lv ;'? ePsf] lrqsnf k|bz{gLsf] cjnf]sg ub}{ ;j{;fwf/0f . tl:a/M gjLg kf}8]n, /f;;
सिद्वार्थ आर्ट ग्यालरी बबरमहलमा आइतबारदेखि सुरु भएको चित्रकला प्रदर्शनीको अवलोकन गर्दै सर्वसाधारण ।
lrqsnf k|bz{gL–pb3f6g ls;gnfn b'u8 cfOtaf/ l;åfy{ cf6{ Uofn/L aa/dxndf ;'? ePsf] lrqsnf k|bz{gLsf] pb3f6g ub}{ . tl:a/M gjLg kf}8]n, /f;;
किसनलाल दुगड आइतबार सिद्वार्थ आर्ट ग्यालरी बबरमहलमा सुरु भएको चित्रकला प्रदर्शनीको उदघाटन गर्दै ।

 

  • 61Read This News:
  • 438407Total reads:
  • 250404Total visitors: