नेपाली फुटवल टोली जापानका विभिन्न टोलीसंग मैत्रीपुर्ण खेल खेल्ने

काठमाण्डौ, १४ साउन २०७४ । ए एफ सी यशियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास स्वरुप जापानका ५ विभिन्न टोलीहरु संग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

यहि साउन २७ गते देखि आउँदो भदौ ४ गते सम्म १० दिने जापान बसाईको क्रममा नेपालले विभिन्न क्लब, उमेर समूहका टोली र विश्वविद्यालयको टोली संग खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

नेपालले जापानमा पहिलो खेल २३ वर्ष मूनीको गाम्बा ओसाका क्लब संग खेल्ने छ भने दास्रो खेल क्वानस्वी ग्वाक्विन विश्वविद्यालयको टोली संग खेल्ने छ ।
यसैगरि नेपालले तेस्रो खेल आमिटिस स्पोर्टस् क्लब, चौथो खेल हानान विश्वविद्यालयको टोली र पाँचौ खेल १८ वर्र्ष मूनिको भिसेल कोबे क्लब संग खेल्ने कार्यक्रम रहेको छ ।

ए एफ सी छनोटमा नेपाल रहेको समूहमा फिलिपिन्स, यमन र ताजिकिस्तान रहेका छन् ।

अहिले सम्मका खेलमा फिलिपिन्स ६ अङ्क सहित श्रीर्ष स्थानमा रहेको छ भने यमन ४ अङ्क सहित दोस्रो र नेपाल १ अङ्क सहित तेस्रो स्थानमा रहेको छ ।
ताजिकिस्तानले कुनै अङ्क बटुल्न सकेको छैन ।

ए एफ सी छनोट अन्तर्गत अब नेपालले आउँदो भदौ २० गते काठमाडाकैँको हलचोकमा ताजिकिस्तान संग खेल्ने छ ।

ए एफ सी को तयारी का लागि नेपाल मै प्रशिक्षण गरि रहेका नेपाली टोलीका २९ खेलाडि मध्ये २४ जना यहि साउन २५ गते जापान जाने छन् ।

जापानबाट फर्के पछि ए एफ सी छनोट अन्तर्गत ताजिकिस्तान संग हुने खेलका लागि २३ खेलाडिको छनोट गरिने एन्फाका कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले बताउनुभयो ।

 

  • 43Read This News:
  • 438524Total reads:
  • 250518Total visitors: