केयुकेएलका अनुसार काठमाण्डौ उपत्यकामा ८८ प्रतिशत सडकका खाल्डाखुल्डी पुरिए

काठमाडौँ, १४ साउन २०७४। मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

सडकमा बनेको खाल्डाखुल्डीका कारण एक विद्यालयकी छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र पुर्न सरोकार भएका कार्यालयलाई निर्देशन दिनुभएको थियो । साउन १५ गतेअगावै खाल्डा पुरी सक्नेगरी काम गरे पनि मौसमका कारण १२ प्रतिशत काम बाँकी रहेको निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

“लाजिम्पाट–महाराजगन्ज क्षेत्रमा खाल्डा पुरे पनि कालोपत्र गर्न बाँकी छ, मौसमका कारण कालोपत्र गर्न सकिएको छैन, रातोपुल–गौशाला र चाबहिल–चुच्चेपाटी क्षेत्रमा पनि केही काम बाँकी छ”– उहाँले भन्नुभयो ।

मौसमले साथ दिए दुई दिनमा बाँकी सबै सडकमा अस्थायी कालोपत्र गरिने निर्देशनालयले जनाएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र स्थानीय तहले पुर्नुपर्ने सडकका खाल्डाखुल्डीको काम पनि धेरै सम्पन्न भएको जनाइएको छ ।

 

  • 56Read This News:
  • 480301Total reads:
  • 287782Total visitors: