अनुमति नलिइ संचालन गरेको कालिका डेण्टल क्लिनिकमा सिलबन्दी

नुवाकोट, १२ साउन २०७४ । संयुक्त बजार अनुगमन टोलीले विदुर नगरपालिका–१ ढुङ्गेमा सञ्चालित कालिका डेण्टल क्लिनिक बन्द गराएको छ ।

आपूर्ति मन्त्रालय र नुवाकोटमा रहेको सरोकारवाला सम्मिलित संयुक्त बजार अनुगमनका क्रममा अनुमति नलिई सञ्चालन गरिएको पाइएपछि क्लिनिकमा सिलबन्दी गरिएको हो ।

क्लिनिक सञ्चालनका लागि सरकारी स्वीकृत नलिएको र प्रवाह गर्दै आएको सेवा गुणस्तरहीन भेट्टिएपछि ताला लगाएर बन्द गराएको अनुगमन टोली संयोजक आपूर्ति मन्त्रालयका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिनुभयो ।

पछिल्लो ५ वर्षदेखि सञ्चालनमा रहेको क्लिनिक जिल्लामा सर्वाधिक सेवा पुर्याउने संस्थाका रुपमा रहेको थियो ।

मङ्गलबारदेखि सुरु भएको नुवाकोटको बजार अनुगमन पहिलो दिन लिखु गाउँपालिकाको विभिन्न स्थानमा रहेका हार्डवेयर पसल, दोस्रो दिन बुधबार सदरमुकाम क्षेत्र आसपासमा पर्ने बट्टारदेखि त्रिशूली हुँदै कोलनीसम्मको स्वास्थ्य क्षेत्रका संस्थाको अनुगमन गरिएको छ भने अझै केही दिन जिल्लाको अन्य स्थानमा रहेका बजारको अनुगमन गर्ने संयुक्त बजार अनुगमन टोलीले जनाएको छ ।

 

  • 44Read This News:
  • 480301Total reads:
  • 287782Total visitors: