५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

लमजुंग, ७ साउन २०७४। नाबालिकालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोर्दी–२ का ४६ वर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । परियारलाई घटना घटेको एक घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका परियारले अत्यधिक मदिरा सेवन गरी करणी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले शुक्रबार साँझ मदिरा सेवन गरी नाबालिकालाई जबरजस्ती करणी गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो ।

 

  • 53Read This News:
  • 459510Total reads:
  • 269018Total visitors: