ओस्कार विजेता वरिष्ठ कलाकार मार्टिन ८९ बर्षको उमेरमा निधन

Photo source: variety.com

अमेरीका, ३ साउन २०७४। ओस्कार पुरस्कार विजेता अमेरिकी वरिष्ठ चलचित्र कलाकार मार्टिन लान्दाउको ८९ बर्षको उमेरमा आइतबार निधन भएको छ ।

उहाँ आवद्ध एक चलचित्र उत्पादक एवम् प्रचारप्रसार समितिले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

अमेरिकाको लस् एन्जेलस अस्पतालमा उपचारार्थ राखिएका कलाकार लान्दाउको आइतबार निधन भएको थियो ।

बहुमुखी प्रतिभाशाली व्यक्तित्व मार्टिनले सन् १९६० मा टेलिभिजनमा कलाकारको जागिरका रुपमा प्रवेश गर्नुभएको थियो । उहाँले ‘मिसन इम्पोसिबल’ नामक कार्यक्रमबाट आफनो चलचित्र अभिनय सुरु गर्नु भएको थियो ।

उहाँलाई ‘इद उड’ चलचित्रको अभिनयका लागि ओस्कार पुरस्कार दिइएको थियो ।

‘प्रतिष्ठित कलाकार मार्टिनको निधनले हामी अन्त्यन्त दुःखी भएका छौँ’ प्रशारक समितिद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

प्रकाशित विज्ञप्तिमा उहाँले हालै मात्र आफ्नो ८९ औँ जन्मदिन मनाउनु भएको पनि जनाकारी दिइएको छ ।

 

  • 48Read This News:
  • 480722Total reads:
  • 288179Total visitors: