आहा रारा गोल्डकपको १५औँ संस्करणबाट रु २७ लाख ७८ हजार बचत

कास्की, १ साउन २०७४ । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लव पोखराले सञ्चालन गर्दै आएको आहा रारा गोल्डकपको १५औँ संस्करणबाट रु २७ लाख ७८ हजार बचत गरेको छ ।

क्लवद्वारा आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा कुल रु ९७ लाख १० हजार आम्दानीमध्ये रु ६९ लाख ३२ हजार खर्च कटाएर सो रकम बचत भएको प्रतियोगता आर्थिक संकलन उपसमितिका संयोजक टीकाबहादुर कार्कीले शनिवार जानकारी दिनुभयो ।

गत माघ ४ गतेदेखि १५ गतेसम्म सञ्चालित सो प्रतियोगतामा सबैभन्दा बढी टिकट विक्रीबाट रु ४१ लाख ५० हजार, प्रायोजकबाट रु ३० लाख ५९ हजार र ब्यानरबाट रु २२ लाख आम्दानी भएको थियो ।

सोही अवसरमा खेलकुद पत्रकार मञ्च कास्कीले प्रदान गर्दै आएको स्पोर्टस अवार्ड कोषका लागि सहारा युकेले सहयोग गरेको रु ५० हजार सो संस्थाका सल्लाहकार भुपालजंग कुँवरले मञ्चका अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गर्नुभएकोछ ।

 

  • 48Read This News:
  • 459750Total reads:
  • 269250Total visitors: