११ डिआइजी  र १५ एसएसपी जनाको बढुवा सिफारिस

काठमाडौँ, ३१ असार । एघारजना प्रहरी नायब महानिरीक्षक -डिआइजी_लाई प्रहरी अतिरिक्त महानिरीक्षक -एआइजी_ मा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई सिफारिस गरेको हो ।

त्यसैगरी, नेपाल प्रहरीका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी_ लाई प्रहरी नायब महानिरीक्षक -डिआइजी_मा बढुवा गर्नसमेत सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिले एसएसपी सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल, पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जीत र सुरेशविक्रम शाहलाई बढुवाका लागि सिफारिस गरेको छ ।

 

  • 30Read This News:
  • 459648Total reads:
  • 269153Total visitors: