स्नातकोत्तर अर्थशास्त्र, गृहविज्ञान र ललितकलाको परीक्षाफल प्रकाशित

काठमाडौँ, ३० असार २०७४। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को अर्थशास्त्र र गृहविज्ञान विषयको परीक्षाफल विहिवार प्रकाशित गरेकोछ ।

यस्तै २०७३ साल मङ्सिर महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ आंशिक) को ललितकला (मूर्ति र चित्र) विषयको परीक्षाफल पनि प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansarcom, www.edusanjal.com, www.tu.edu.net.np मा हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

 

  • 33Read This News:
  • 459710Total reads:
  • 269211Total visitors: