फ्रान्स, ३० असार २०७४। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)ले सरकारी तथा निजी क्षेत्रका सवै सङ्घसंगठनलाई साइबर तथा आर्थिक अपराधमा विरुद्ध लड्न औद्योगिक तथा सिमापार क्षेत्रमा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ ।
विश्वभर साइबर तथा आर्थिक अपराध दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको भन्दै यसलाई नियन्त्रण गर्न कानूनी जटिलता रहेका भएपनि सवै यसलाई सामना गर्न एकताबद्ध भएर लाग्नुपर्ने इन्टरपोलले बुधबार एक छलफलमा बताएको हो ।
इन्टरपोल प्रमुख तथा चीनका सार्वजनिक सुरक्षा उपमन्त्री मेङ होङ्वेईले छलफलका क्रममा भन्नुभयो, हरेक मुलुका कानूनी निकाय, बैङ्क, वित्तीय सङ्घसंस्था, इन्टरनेट सेवा प्रदायक संस्था र टेलिकम सञ्चालकबीच अपराध नियन्त्रणका लागि हुने कार्यमा भागेदारीका लागि गठबन्धन तथा सहकार्य हुनुपर्ने बताउनुभयो ।
उहाँले यस किसिमका अपराध नियन्त्रणका लागि समयमै आवश्यक तयारी गरी छरितो रूपमा प्रतिक्रिया देखाउनसक्ने संयन्त्रको विकास गर्नुपर्ने बताउनुभयो । यसरी आफ्नो छिमेकी वा तथा कुनैपनि सङ्घसंस्थामा कार्यरत सहकर्मीलाई अन्याय हुनबाट जोगाउन सकिने उहाँले बताउनुभयो ।
इन्टरपोलका महासचिव जुर्गेन स्टकले इन्टरपोलको स्थापना विश्वमा गैरकानुनी गतिविधिको नियन्त्रण गरी समाजमा शान्ति तथा अमन चयन कायम गर्नु रहेको बताउनुभयो ।
२ दिने भेलामा विश्वभरका करिब २०० प्रतिनिधिको उपस्थिति रहेको थियो ।


