भारतमा भीषण वर्षा, भीषणबाढी पहिरोमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु

भारत, २९ असार २०७४। उत्तरी भारतीय राज्य उत्तराखण्डमा आएको भीषणबाढी पहिरोमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ ।

गत ४८ घण्टाभित्र परेको अबिरल वर्षामा परी ती ६ व्यक्तिले ज्यान गुमाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

मृतकमध्ये ३ शव मुसोरीनजिकै, अर्को १ शव प्रान्तीय राजधानी देहरादुनको रिसपाना नदी छेउमा र अरू २ जनाको क्रमशः तेहरी र पीथोरागर्ह जिल्लामा भेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

वर्षाका कारण देहरादुनदेखि दिल्लीसम्म जोड्ने राष्ट्रिय राजमार्गसमेत अवरुद्ध भएको जिल्ला उद्धार तथा व्यवस्थापन केन्द्रका अधिकारी पियुष राउटेलाले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । अवरुद्ध बाटो खुलाउनका लागि प्रयास भइरहेको उहाँले थप जानकारी दिनुभएको छ ।

“लगातार भइरहेको वर्षाले विभिन्न ठाँउमा बाढीपहिरो गएको छ, त्यही बाढीपहिरोले सडक भत्काएको हो,” अर्का एक अधिकारीले भने ।

राज्य सरकारले बाढीपहिरोका कारण अप्रिय घटना हुनसक्ने आश¬ङ्काले केदारनाथ जाने तीर्थयात्रीहरुलाई समेत रोक लगाएको छ ।

मौसम विभागले अझै केही समय वर्षा भइरहने पूर्वानुमान गरेको छ । साथै प्रमुख नदीहरुलाई खतराको सूचीमा राखिएको छ ।

पहाडी राज्य उत्तराखण्ड यसअघि सन् २०१३ मा पनि बाढीपहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै छ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार सात सय जना बेपत्ता भएका थिए । उनीहरुको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

 

  • 35Read This News:
  • 459853Total reads:
  • 269345Total visitors: