ओभरटेक गर्दा ज्यान गयो ३२ वर्षिय लावतीको

झापा, १२ असार २०७४ । पूर्व –पश्चिम राजमार्गअन्तर्गत आज अपराह्न शिव सताक्षी नगरपालिका सडकखण्डको माइपुलमा भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवगञ्ज–७ निवासी ३२ वर्षीय विजय लावती रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ७ प २३२९ नम्बरको स्कुटरले सोही दिशाबाट आउँदै गरेको बा ३२ प ६६१३ नम्बरको स्कुटरलाई ओभरटेक गरेर अगाडि बढ्दा विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३९१४ नम्बरको बससँग ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मे ७ प २३२९ नम्बरको स्कूटरका चालक लावतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक याम खड्काले जानकारी दिनुभयो ।

 

  • 131Read This News:
  • 417425Total reads:
  • 230181Total visitors: