साउदी राजाका छोरा मोहमद बिन सालमन युवराजाधिराज तथा रक्षामन्त्रि घोषित

साउदी अरेविया, ८ असार २०७४। साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गर्नुभएको छ ।

उहाँले यसअघि उहाँका भतिज मोहमद बिन नायफलाई युवराजाधिराज नियुक्त गर्नुभएको थियो । राजा सालमनले उहाँलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजाधिराज बनाएको बताइएको छ ।

साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृतगर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ ।

युवराजाधिराजका साथै उहाँलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ ।

 

  • 89Read This News:
  • 459510Total reads:
  • 269018Total visitors: