सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता साउन १५ गतेदेखि हुँदै

काठमाडौँ, ७ असार २०७४। फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने मंगलवार काठमाण्डौमा आयोजित साक्षातकार कार्यक्रममा मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताउनुभयो ।

उहाँले निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको दाबी गर्नुभयो ।

प्रतियोगिताको विजेता टोलीले रु ५ लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु ३ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट डिफेन्डर, मिडफिल्डर तथा उत्कृष्ट स्ट्राइकरले जनही रु १० हजार पाउनेछन् ।

अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको अनुमानित खर्च रु ९० लाख रहेको आयोजकले जनाएको छ ।

 

  • 73Read This News:
  • 459699Total reads:
  • 269201Total visitors: