जापानमा वस्ने नेपाली द्वारा राजदुत राणाको स्वागत

जापान, ६ असार २०७४। जापानका लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणालाई जापनमा रहेको दर्जनभन्दा बढी सङ्घसंस्थाले आइतबार सम्मान गरेका छन् ।

लामो समयदेखि कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार महिला राजदूत भएर आएकोमा टोकियोमा उहाँलाइ सम्मान गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा राजदूत राणालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

टोकियो महानगरपालिकाको सिंजुकु सहरको प्रिन्स होटलमा आयोजित सम्मान कार्यक्रममा ४ दर्जनभन्दा बढीको सहभागिता थियो ।

राजदुत राणालाई विगतमा कार्यवाहक राजदूतले गरेका राम्रा कामको अनुशरण र नयाँ काम छिटोछरितो तथा नेपाल–जापान सम्बन्ध अझ नजिक बनाउन सुझाव पनि दिएका छन् ।

सम्मानपछि राजदूत राणाले सबै नेपालीको एकता देखेर आफूलाई खुसी लागेको भन्दै भोलिका दिनमा सधैँ नेपाल र नेपालीको पक्षमा काम गर्ने बताउनुभयो । उहाँले सम्बन्ध सुधारमार्फत प्रविधिको विकासका लागि उच्चस्तरीय भ्रमण गराउने योजना रहेको भन्दै जापान सरकार र नेपाल सरकारबीच उच्चस्तरको भ्रमण गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

लगातार कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार राजदूत राणा एकमहिना अघि जापान आएर सम्हाल्दै आउनुभएको छ ।

प्रकाश पन्थी

 

  • 90Read This News:
  • 417441Total reads:
  • 230197Total visitors: