खुकुरी प्रहार गरी फरार ईश्वर श्रेष्ठ प्रहरी नियन्त्रणमा

तनहुँ, ४ असार । गत जेठ २४ गते खुकुरी प्रहार गरी फरार रहेका शुक्लागण्डकी नगरपालिका– ५ का ३३ वर्षीय ईश्वर श्रेष्ठलाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलचौतराको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई शुक्लागण्डकी– ४ दुलेगौडाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।

श्रेष्ठ व्यास नगरपालिका– १ का ३३ वर्षीय सन्तोष दरै र सोही नगरपालिका– २ का २४ वर्षीय सुरज कायस्थलाई म्याग्दे गाउँपालिका– ४ मनहरीमा खुकुरी प्रहार गरी फरार रहेका थिए । श्रेष्ठलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

  • 86Read This News:
  • 417464Total reads:
  • 230220Total visitors: