लिबियाली सामुद्रिक क्षेत्रबाट करिब नौसय शरणार्थीको उद्धार

लिबिया, ४ असार २०७४ । लिबियाको पश्चिमी भाग साव्रधा सहर नजिकैको सामुद्रिक क्षेत्रबाट शुक्रबार करिब ९०० आप्रवासी शरणार्थीलाई उद्धार गरेको लिबियाली सामुद्रिक सुरक्षा अधिकारीले जनाएका छन् ।

लिबियाली नौसेनाका प्रवक्ता आयुब कसीमले सामुद्रिक सुरक्षा अधिकारीले जाबिया सहरदेखि पिछा गरी साब्रथा सहर जाने क्रममा विभिन्न पाँच डुङ्गामा यात्रारत करिब ९०० आप्रवासी शरणार्थीलाई उद्धार गरिएको बताउनुभयो । असुरक्षित यात्रामा ९८ महिला र २५ बालबालिकासमेत रहेका पाइएको उहाँले बताउनुभएको छ ।

प्रवक्ता कसीमका अनुसार उद्धार गरिएकामा तीनजना लिबियालीसहित अफ्रिकी र अरब मूलका आप्रवासी शरणार्थी रहेको बताइएको छ ।

मानव तस्करहरुले उनीहरुलाई लामो यात्रामा असुरक्षित मानिने काठे डुङ्गाको प्रयोग गरी साब्रथातर्फ लगिँदै थियो ।

यसैबीच इटालीको सामुद्रिक सुरक्षा अधिकारीले बिहीबार एक हजार आप्रवासीलाई उद्धार गरिएको थियो । यस वर्षमात्र लिबियाली सामुद्रिक क्षेत्रबाट नौ हजार १११ आप्रवासीलाई असुरक्षित डुङ्गा यात्रा गर्दै युरोप जाने क्रममा उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन ९आइओएम०ले शुक्रबार जनाएको छ ।

लिबियामा रहेको सुरक्षा सङ्कट र अराजकताको फाइदा लिँदै गरिबी र असुरक्षाबाट बच्न हजारौँ लिबियाली साव्रथा हुँदै युरोप छिर्ने गरेका छन् ।

यसको फाइदा लिँदै केही द्वन्द्वग्रस्त अरब राष्ट्र तथा अफ्रिकी मुलुकबाट लिबियाको बाटो युरोप पु¥याउने प्रलोभनमा पार्दै मानव तस्करले गरिब तथा द्वन्द्वपीडितबाट मोटो रकम असुल गरी युरोप पु¥याउने गरेका आइओएमको तथ्याङ्क छ । साना डुङ्गामा भार वहन क्षमताभन्दा बढी आप्रवासीलाई सामुद्रिक यात्रा गराउँदा हजारौँ व्यक्तिको समुद्रमा डुबेर मृत्यु हुने गरेको छ ।

 

  • 96Read This News:
  • 417511Total reads:
  • 230267Total visitors: