भक्तपुर, २ असार २०७४ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज बिहान सार्वजनिक गर्ने भएको छ ।
एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न अहिले विहान ८ बजे वस्ने बोर्ड बैठक पछि सम्भवतः बिहान १० बजेसम्ममा सार्वजनिक गरिने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिएकोछ ।
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।
परीक्षामा देशभरबाट २ लाख ५९ हजार ७३२ छात्र र २ लाख ७८ हजार ४५० छात्रा गरी कूल ५ लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।


