बङ्गलादेशमा भारी वर्षाको कारण ३५ को मृत्यु, १३.५ इन्चसम्म पानी

बङ्गलादेश, ३१ जेठ २०७४। दक्षिणपूर्वी बङ्गलादेशमा भारी मनसुनी वर्षाको कारण ३५ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यस प्रकोपमा परी मानिसको प्रायःपहिरोमा पुरिएर मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको सङ्ख्या बढ्ने अनुमान रहेको छ ।

आपतकालीन उद्वारकर्ता भारी वर्षा प्रभावित दुर्गम इलाकामा गएका र उनीहरु टेलिफोन र यातायात सम्बन्ध नभएको हुनाले सम्पर्क हुन नसकेको बताइएको छ ।

सोमबार बिहानबाट भएको भारी बर्षाबाट रन्गामती र बन्दारबान दुई वटा जिल्ला अत्यन्त प्रभावित भएको र मृतकहरुको सङ्ख्या पनि यी दुई जिल्लामा नै बढी भएको बताइएको छ ।

भीषण मनसुनी वर्षाको कारण रन्गामतीमा १३.५ इन्चसम्म पानी जमेको र अझै पनि पानी पर्ने क्रम नरोकिएको मौसम अधिकारी बज्लुर रसिदले बाताउनुभएको छ ।

भारी मनसु्नी वर्षाको कारण मुख्य बन्दरगाह सहर राजधानी ढाका र चटगाउँसमेत प्रभावित भएको र केही घन्टा यातायातसमेत अवरुद्ध भएको जनाइएको छ ।

 

  • 87Read This News:
  • 459247Total reads:
  • 268771Total visitors: