व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने भट्टी प्रदान

लमजुङ, ३० जेठ २०७४। लमजुङका व्यावसायिक अलौची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने भट्टी उपलब्ध गराएको हो ।

जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलैँची सुकाउने भट्टी पाएका हुन् । माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङका अनुसार जाली, रड, धुवाँजाने पाइप, मेन ड्रम गरी प्रतिसेट रु ७२ हजारको अलैँची भट्टी पर्ने अध्यक्ष तामाङले वताए ।

नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम (नितिस)को सहयोगमा अलैँची व्यवसायी महासङ्घ लमजुङले कृषक समूहलाई अलैँची सुकाउने सुधारिएको आधुनिक भट्टी उपलब्ध गराएको हो ।

 

  • 109Read This News:
  • 459140Total reads:
  • 268681Total visitors: